माघ ६, २०७८ बिहिबार

निर्वाचन आयोगले बैशाखमा स्थानीय तहको निर्वाचन गर्न माघ पहिलो साता नै मिति घोषणा गर्नुपर्ने प्रस्ताव सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा सत्तागठबन्धनले मिति तय गर्न बिहीवार विहान बैठक बाेलाएको थियो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनअघि संसदीय निर्वाचन गर्न प्रस्ताव राखेपछि सत्तागठबन्धनको बैठक भाँडिएको थियो । संसद्को निरन्तर अवरुद्धले वैधानिक रूपमा बहुमतबाट संसदीय निर्वाचनमा जाने गरी निर्णय गर्ने र राष्ट्रिय सहमति कायम गर्दै बैशाखमा संसदीय निर्वाचन गर्ने प्रस्ताव प्रचण्डले पेश गरेका थिए ।

प्रचण्डको प्रस्ताव लगतै सत्तागठबन्धन दलमा खैलाबैला मच्चियो । आफ्नो दलभित्र छुट्टै कुराकानी गनुपर्ने भन्दै बैठक स्थगित भयो । तर प्रचण्डको प्रस्तावमा नेकपा एमालेबाट फुटेर बनेको शक्ति नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले भने प्रचण्डको प्रस्ताव मननयोग्य भन्दै ओकेमा ओके मिलाए । 

नेकपा एमालेको निरन्तरको संसद अवरुद्धलाई हटाएर बहु्मतबाट संसदीय निर्वाचनमा जानु राम्रो हुने प्रचण्डको कुरामा नेता नेपालले खासै आफ्नो धारणा राख्न सकेनन् । बरु नेता नेपालले प्रचण्डको प्रस्ताव समय सन्दर्भ रहेको भन्दै सबै दलले सोच्नुपर्ने बताएका थिए ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालले बर्चश्व कायम गर्ने डरले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनको सम्झौता कायम गरि संसदीय निर्वाचनमा जानु उचित हुने र त्यसपछि मात्रै स्थानीय तहको निर्वाचन गर्दा नेकपा एमालेलाई सबक सिकाउन सकिने भन्दै संसदीय निर्वाचन अगाडी नै हुनपर्ने प्रस्ताव अघि सारेका हुन् । 

प्रचण्डले बैशाखमा संसदीय निर्वाचन र कात्र्तिकमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव सत्तागठबन्धन दलको बैठकमा राखेका छन् । सो प्रस्ताव पछि बैठक नै भाँडिएको छ । नेपाली कांग्रेसले यो विषयमा छलफल नै नगरेको भन्दै सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा पछि बस्ने गरि बैठक स्थगित भन्दै उठेका थिए ।