माघ ६, २०७८ बिहिबार

महेश सिंह/सिरहा लहान/६ माघ - सिरहाको गोलबजार नगर पालिकालाई छिट्टै साक्षर नगरपालिका घोषणा गर्ने तयारी थालिएको छ । सिरहाको १७ वटा स्थानीय तहमध्ये गोलबजार नगर पालिकाले साक्षर नेपाल वर्ष २०७६ अवधारणा पत्रबमोजिम आवश्यक तयारी, सहजीकरण तथा कार्यक्रम सम्पादन गर्न पालिका प्रमुख देवनाथ साहको संयोजकत्वमा ९ सदस्यीय साक्षरता अभियान समितिले गठन गरि काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्यालले बताएका छन् ।

पालिकालाई साक्षरता घोषणा गर्नका लागि १५ देखि ६० वर्ष उमेरको ९५% भन्दा बढी साक्षर भएको अवस्थामा साक्षर नगरपालिका घोषणा गर्न सकिने नीतिगत व्यवस्था रहेको प्रशासकीय अधिकृत पौड्यालले जनाए।

उक्त पालिकाले ३ महिनाभित्रै साक्षरता पालिका घोषणा गर्ने  निर्णय गरेका छन्। यसका लागि १२ वटा साक्षरताका सुचकहरू उल्लेख रहेका छन् ।