बैशाख २५, २०७९ आइतबार

काठमाडौँ, २५ बैशाख । निम्न माध्यमिक तह (निमावि)को शिक्षक पदको नतिजा प्रकाशन भएको छ । गत चैत्रमा लिइएको परीक्षाको शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार २० हजार ९८२ जना उत्तीर्ण भएका हुन् । परीक्षामा ७६ हजार ८०६ जना परीक्षार्थी सहभागी भएका थिए ।

आयोगका अनुसार बाग्मती प्रदेशमा ३ हजार ५७७ जना, मधेशमा ५ हजार ८५३ जना, प्रदेश १ मा ५ हजार १८२ जना, गण्डकीमा ४ हजार ३४१ जना उत्र्तीण भएका छन् । त्यस्तै, लुम्बिनीमा ३ हजार ३६१, सुदुरपश्चिममा २ हजार ४४१, कर्णालीमा १ हजार ६९ जना उत्तीर्ण भएका छन् ।

आयोगले सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि भने आगामी असारमा प्रदेशगत रूपमा केन्द्र रहने गरी परीक्षा सञ्चालन गर्ने जनाएको छ ।