जेठ ६, २०७९ शुक्रबार

नेपालमार्ग, काठमाडौँ । सरकारले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन गर्ने निर्णय गरेको छ । हाल प्रचलनमा रहेको विद्यालय पोशाक परिवर्तन गर्न नेपाल शिक्षक महासंघबाट अनुरोध भई आएबमोजिम पोशाक परिवर्तन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

चालू शैक्षिक सत्रदेखि नै नयाँ ड्रेस कोड कार्यान्वयनमा ल्याउन शिक्षा विकास तथा समन्वय एकाइ तथा सम्पूर्ण पालिकाहरूलाई अनुरोध गरिएको छ ।