जेठ ९, २०७९ सोमबार

निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुला गरेको छ।

आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।

असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ।

विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।