जेठ ९, २०७९ सोमबार

काठमाडौँ- सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बाल बालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

प्रहरीले पाण्डेलाई शनिबार काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमबार अदालतमा उपस्थित गराएको हो ।

 २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेशनल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् ।