जेठ १०, २०७९ मंगलबार

ललितपुर – पालिका चुनाव अन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ८२  हजार ४० मत गणना सकिएको छ । अब तीन हजार आठ सय मत गन्न बाँकी छ ।

ललितपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म कांग्रेसका चिरीबाबु महर्जनले ४० हजार दुई सय ६३ हजार मत प्रप्त गर्नुभएको छ । त्यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार आठ सय १० मत प्रप्त गर्नुभएको छ । 

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्यले २४ हजार एक सय ३९ मत प्रप्त गर्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १८ हजार ११ मत प्राप्त गर्नुभएको छ ।