असार ९, २०७९ बिहिबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रीहरू हेरफेर गर्ने तयारी भएको बुझिएको छ ।


नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री भएकामा भवानी खापुङबाहेक सबै परिवर्तन हुनेछन् । खापुङ राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री बन्दै छन् ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि मन्त्री बन्ने सम्भावना देखिएको छ । यसको स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन । देउवाले काँग्रेसबाट पनि मन्त्रीहरू हेरफेर गर्ने सम्भावना रहेको छ ।