असार १२, २०७९ आइतबार

सिरहा : सिरहाको लहान नगरपालिका-२२ बेलीजटियाही टोलमा गोली चल्दा एक जना घाइते भएका छन् । घटनामा संग्लन रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बिहान ८:४५ बजे रवीन्द्र चौधरीको घरको माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया बसिरहेका थिए। 

ख्याल-ख्यालमै सुशान्तले गोली चलाउँदा दिलिपको पेटमा गोली लागेको प्रहरीले जनाएको छ।

गोली चलेको धेरै बेरपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए।
प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ। घाइते दिलिपलाई उपचारका लागि धरान पठाएको छ। 

घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।