असार १२, २०७९ आइतबार

काठमाडौं: इलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दह गाउँस्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, सोही ठाउँका पदम कुमारी लावती र इलाम माङसेबुङ ६ का ५० वर्षीय प्रकाश भनिने जयराम राईको मृत्यु भएको इलामका डिएसपी गंगा बहादुर थापाले जानकारी दिए।

उनका अनुसार हिमप्रसाद र प्रकाशको घटनास्थलमै र पदम कुमारीको उपचारका लागि दमक अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु हो। आइतबार दिउँसो करिब १२ बजे पाँचरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो जीप आफैँ अनियन्त्रित भइ सडकबाट दुईसय मिटर तल खसेको थियो।