चैत २६, २०७७ बिहिबार


काठमाण्डौ। फिल्म माइतीघर - २ बन्‍ने भएको छ। दी सुपर काजोल फिल्मसले उक्त फिल्म निर्माण गर्न लागेको हो।

नायक तथा निर्देशक भुवन केसीले फिल्म आफ्नो ब्यानरमा दर्तासमेत गरिसकेका छन्। फिल्मको कथावस्तु तयार भइसकेको बताइएको छ।

माइतीघर - २ र पारसमध्ये कुन फिल्म पहिले बन्‍ने भने पक्का नभएको निर्माता तथा निर्देशक केसीले बताए। निर्माण टोलीका अनुसार फिल्मलाई सुवोध चोपडाले निर्देशन गर्ने छन्। 

फिल्ममा मुख्य भूमिका अनमोल केसीले निर्वाह गर्ने भएका छन्। नायिकाको भने अहिलेसम्म टुङ्‍गो लागिसकेको छैन।

फिल्म नयाँ वर्षबाट छायांकन गर्ने भनिए पनि कोरोना का कारण केही पछि सरेको बताइएको छ। यदि, कोरोनाको जोखिम कम भए भने पारस र माइतीघर - २ मध्ये कुनै एउटा फिल्म छायांकनमा जानेछ।