भदौ २, २०७९ बिहिबार

काठमाडौंबाट प्रहरीले हुन्डीको रकम सहति ३ जनालाई पक्राउ गरेको छ ।  

घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ ।

घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।