भदौ २, २०७९ बिहिबार

राप्रपाका पूर्व अध्यक्ष पशुपतिशम्शेर राणाले काठमाडौंको नागार्जुनस्थित बाल विकास माध्यामिक विद्यालयका ८०४ विद्यार्थीलाई झोला बितरण गरेका छन ।

No description available.

नेता राणाले एसएस फाउण्डेसनकातर्फबाट सो विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन । झोला पाएपछि विद्यालयका शिक्षक एवम विद्यार्थी प्रसन्न भएका थिए । नेता राणाले विद्यार्थीहरुको मनोबल र हौसला बढाउन एसएस फाउण्डेसनले अनुकरणीय काम गरिरहेकोमा धन्यवाद दिए ।

उनले आजका विद्यार्थी भोलिका कर्णधार भएकाले इमान्दार र नैतिकवान मान्छे बन्न विद्यार्थीहरुलाई सुझावसमेत दिए । फाउण्डेसनका अध्यक्ष मदनदास श्रेष्ठले काठमाडौसहित दुर दराजका विद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।

No description available.

फाउण्डेसनका संरक्षक एवम राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतीले फाउण्डेसनले गर्दै आएका काम र अबका योजनाबारे जानकारी गराए । उनले डोटीबाट सुरु भएको झोला वितरण देशभर सुरु भएको समेत जानकारी दिए ।