असोज १३, २०७९ बिहिबार

नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नन्दसिंह बुढा पुरानै घर नेकपा एमालेमा फर्किएका छन् । बुढा तिनै नेता हुन् जसले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर निकै चर्चामा आएका थिए ।


आज एमाले महासचिव शङ्कर पोखरेलले उनलाई स्वागत गरेका हुन् । डोल्पाबाट निर्वाचित उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । विगतमा केही कमिकमजोरी भएका कारण विद्रोह गरिएको तर लामो समयसम्म एमालेमै संघर्ष गरेको र यही पार्टीमा आफ्नो भविष्य सम्झेर एमालेमै फर्किने निर्णय गरेको उनले बताए ।