असोज १३, २०७९ बिहिबार

काठमाडाैँ । संस्थापनइतर पक्षलाई ३० प्रतिशत सिट दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन् । देउवानिकट एक नेताका अनुसार पार्टीभित्र विवाद चर्किँदै गएपछि सभापति देउवाले त्यसलाई मिलाएर अगाडि लैजाने तयारी गर्दै छन् ।

डा. शेखर काेइरालाले नेतृत्व गरेकाे संस्थापनइतर पक्षले कम्तीमा ४० प्रतिशत भाग मागेकाे छ । तर, त्याे दिनेमा भने सभापति देउवा तयार छैनन् ।