असोज १४, २०७९ शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज बिहान ८:३० बजे काठमाडौँको स्मार्ट ब्यांक्‍वेट चाबहिलमा पत्रकार सम्मेलन गर्दै छन् । कांग्रेसभित्रको विवाद तथा गठबन्धनभित्रको विवादलगायतका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

शेखर कोइराला तथा गगन थापाको समूहले पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूची तयार पार्दा एकलौटी गरेको भन्दै विरोध जनाएको छ।