काठमाडौँ । एमालेले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओली निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको नेकपा एमालेको सचिवालय बैठकले यस्तो सहमति गरेको हो ।
सम्बन्धित कमिटी र नेताहरूसँग आवश्यक परामर्श लिएर अध्यक्ष उम्मेदवार चयन गर्ने निर्णय भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले लोकप्रिय व्यक्तिलाई उम्मेदवार छान्ने पनि बताए । ‘१० बुँदेबारे के गर्ने, माओवादीबाट एमालेमा बसेकाहरूको बारेमा के गर्ने ? हालसालै आएकाहरूमा के गर्ने भन्नेमा एजेण्डा थिएन,’ उनले भने, ‘हाम्रो पहिलो मापदण्ड भनेको जो लोकप्रिय छ, जसले विजयलाई सुनिश्चित गर्न सक्छन् । त्यसैलाई हाम्रो प्राथमिकता छ ।’