बैशाख ७, २०७८ मंगलबार

वीरगञ्ज –वीरगञ्ज्को नारायणी अस्पतालमा परीक्षण गरिएका मध्ये आधा भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ।  ​पछिल्लो समय लागातार रुपमा पर्सा जिल्लामा कोरोना स्रक्रमितहरुको संख्या बृद्धि हुँदै गएको छ।

सोमबार राति परीक्षण गरिएका १ सय ४१ जना मध्ये ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड स्रयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

७८ जना मध्ये पर्सा जिल्लाका ६२ जना, बाराका १२, सर्लाहीका २, बाँकेका १ र काठमाडौँका एकजनामा संक्रमण देखिएको दासले बताए ।