बैशाख ७, २०७८ मंगलबार

कोरोना संक्रमणका कारण पर्साको वीरगञ्जका थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।

ती पुरुषको उपचारको क्रममा वीरगञ्जको बयोधा अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो। मृतक केही दिन पहिले भारतबाट घर फर्किएका थिए।