बैशाख ७, २०७८ मंगलबार

सत्तारुढ दल नेकपा एमालेले पार्टी हितविपरित कार्य गरेको भन्दै ३२ जना नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ । एमालेले संघीय संसदका २७ जना र प्रदेशका पाँच जनासहित ३२ जना सांसदहरुलाई सांसद पदबाट हटाउने तयारी थालेको हो ।

स्रोतका अनुसार माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनमा स्पष्टिकरण दिने निर्देशनसहितको पत्र आज वितरण गरिदैँछ ।

‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची गए राति तयार भएको छ’ स्रोतले भन्यो, ‘चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी छ ।’

त्यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि उही ब्यहोराको कारबाही हुने भएको छ ।