बैशाख ७, २०७८ मंगलबार

नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले असल कुरालाई विना पूर्वाग्रह स्वीकार्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित समितिको पदस्थापना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भजनमण्डलीको माध्यमबाट प्रचार गरेर अघि बढ्न नसकिने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सदस्य किनेर भजन मण्डली तयार गर्नुभएको नेपालले आरोप लगाउनुभयो । ‘ओलीलाई भर्‍याङ चढाउने जनता नै हुन भर्‍याङबाट जनताले नै खसाल्छन्’ – नेपालले भन्नुभयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले जितेपछि आफूहरुलाई लात्ताले हानेर फालिदिएको बताउनुभयो । ओलीले हानेपछि आफूहरु विचल्लीमा परेको समेत माधवले बताउनुभयो । ‘जितेको भोलिपल्ट आफूलाई सम्राट् ठान्ने गर्छन्, जितेको भोलिपल्ट जुन भर्‍याङ चढेका हुन्छन् त्यो भर्‍याङ लात्तीले पुक्क हिर्काएर फालिदिन्छन् र पुक्क फालिएकाहरू सडकमा पछारिन्छन्, त्यसपछि उनीहरू विजोग हुने स्थितिमा पुग्न खोज्छन्’– नेपालको भनाइ छ ।

आफू कसैले हिर्काएर फाल्दैमा ढल्ने मान्छे नभएको दाबी माधवले बताउनुभयो । आफू आँटिलो भएकाले लात्ताले हानेको ठाउँबाट धुलो टक्टक्टाउँदै जुरुक्क उठेको उहाँले सुनाउनुभयो ।