बैशाख ७, २०७८ मंगलबार

 पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई कोरोना संक्रमण भएको छ। भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका शाहलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।

हरिद्वारको कुम्भ मेलामा सहभागी भएर  स्वदेश फर्कन अघि भारतमै परीक्षण गर्दा नेगेटिभ आएको र स्वदेश फर्किएपछि पुन पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताइएको छ।

शाह दम्पतीलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएको मन्त्रालय स्रोतले बताएको छ।