बैशाख ७, २०७८ मंगलबार

 नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी विधान र सरकारविरुद्ध अनुशासनहिन, अराकज र अपराधिक क्रियाकलापमा नेतृत्व गरेको आरोपसहित स्पष्टीकरण सोधेका छन्।

ओलीले सोमबार वैशाख ६ गतेको मिति राखेर सोधेको चार पाने स्पष्टीकरण पत्रमा नेता नेपालले पार्टी, संघीय संसदीय दलको विधान विपरीत पार्टी र सरकारविरुद्ध अनुशानहिन, अराजक र आपराधिक क्रियाकलापहरुमा नेतृत्व, अगुवाई, समर्थन, सहयोग तथा परिचालन समेत के कति कारणले गर्नुभएको हो भनेर प्रश्न गरेका छन्।

ओलीले आफ्नो निर्देशन विपरीत भेलाहरु गरेको, अर्को राजनीतिक दल गठन गर्न नेतृत्व गरी अभियान सञ्चालन गरेको लगायत आरोप लगाउँदै तपाईँलाई दल त्याग गरेको किन नभन्ने भनेर प्रश्न गरेका छन्।

यस्तै ओलीले यो सच्चिने अन्तिम मौका भएको चेतावनी दिएका छन्।