बैशाख २३, २०७८ बिहिबार

 काठमाण्डौ।  बिहिबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सिमित ब्यक्तिको उपस्थितिमा गायक प्रधानको अन्त्येष्टी गरिएको हो ।

प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायत पशुपति आर्यघाट पुगेका थिए ।

आर्यघाटमा प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएका थिए भने अन्य सहभागीले पुष्प गुच्छाले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।