चैत १४, २०७९ मंगलबार

तास्कन्द, १४ चैत: रासस-सिन्ह्वा: उज्वेकिस्तानको समरकन्द क्षेत्रमा ग्यास विस्फोटमा परी घाइते चारजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
आगो बाल्ने भट्टीको अनुचित प्रयोगका गर्दा समरकन्दको कट्टाकुर्गन जिल्लाका वृद्ध दम्पती र उनीहरूका दुई नातिनातिना मार्च १७ आगोले जलेर घाइते भएका थिए । 

 उनीहरूको अस्पतालमा सघन उपचारका क्रममा मृत्यु भएको हो ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।