जेठ २२, २०८० सोमबार

काठमाडौँ– सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा आइतबार भएको पुरुष एकलतर्फको प्रतियोगितामा विश्व नम्बर तीन जोकोभिचले पेरुका जुआन पाब्लो वरिलसलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

जोकोभिचले ६–३, ६–२ र ६–२ ले खेल आफ्नो पक्षमा पारेका थिए ।

जोकोभिचले अब सेमिफाइनलमा रुसका करेन खाचानोभसँग खेल्ने छन् ।