जेठ २२, २०८० सोमबार

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोना पराजित भएको छ ।

आइतबार राति  एवान्का वालाइडोस भिगोमामा भएको खेलमा सेल्टा डि भिगोसँग २–१ गोलले पराजित भएको हो ।

सेल्टाका गाब्री भिगाले दुई गोल गरेका थिए । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काएका थिए ।

यो जितसँगै ३८ खेलबाट ४३ अंक जोडेको सेल्टा रेलिगेसनबाट जोगिँदै १३औँ स्थानमा रहेको छ । बार्सिलोनाको ८८ अंक छ ।