कात्तिक १५, २०८१ बिहिबार

काठमाडौं, १५ कातिकः साहित्यकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको उन्नयनमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको छ ।भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजद्वारा ११६औँ देवकोटा जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले महाकविको व्यक्तित्व विराट रहेको धारणा राख्नुभयो । 

    कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति   प्राडा वासुदेव त्रिपाठीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा परिचय दिलाउन महाकविको विशिष्ट योगदान रहेको बताउनुभयो । उहाँले नेपालको बलिराजा भनेको भाषा र साहित्यका माध्यम्बाट महाकवि देवकोटाजस्तै नेपाललाई जोड्ने व्यक्ति तथा सगरमाथाजस्ता प्रकृति र सम्पदाका प्रतिक मान्न सकिने धारणा ब्यक्त गर्नुभयो ।

    कलेजका संस्थापक अध्यक्ष प्राडा रामप्रसाद दाहालले  मानवताबादी दृष्टिकोण सर्वाेपरि रहेका देवकोटाका सिर्जनामा समभाव र प्रकृतिपूजन तीब्र रहेकाले युग युगसम्म उहाँलाई जीवन्त तुल्याइ राख्ने विचार प्रकट गर्नुभयो । कलेजका प्राचार्य  सविन पोखरेल र वरिष्ठ समालोचक युवराज मैनालीले विशालप्रतिभाका धनी देवकोटा नेपालमा मात्र सिमित नभई अन्तर्राष्ट्रिय जगतकै विराट साहित्यिक ब्यक्तित्वकारुपमा स्मरण गर्न सकिने बताउनुभयो ।
 
    सोही अवसरमा साहित्यकार अन्जन ढुङ्गेल, कलानिधि दाहाल, डा मधुसुदन लामिछाने, विजय थापा, कल्पना कटुवाल, अनु भूजेल निर्मल पराजुलीलगायतले आआफ्नो रचना  प्रस्तुत गर्नुभयो ।