भदौ २९, २०७८ मंगलबार

सरकारले बजेटको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षीको विरोधकाबीच संसदबाट स्वीकृत भएको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मामाले पेश गरेको प्रतिस्थापन विधेयकलाई मंगलबारको बैठकबाट ध्वनी मतका आधारमा स्वीकृत गरिएको हो ।

बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदै छ। त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापनलाई विरोधकै बीच अघि बढाएको हो ।

सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णर्याथ पेश गर्दा पनि एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए ।