असोज ३१, २०७८ आइतबार

महेश सिंह/सिरहा/३१ असोज - लहान नगरपालिकामा रहेका सामुदायिक सिकाइ केन्द्रका शिक्षिकाहरू महिनौंदेखि तलब नपाएर बिचल्लीमा परेका छन् । १५ महिनादेखि तलब नपाउँदा दशैंसमेत खल्लो भएको भन्दै उनीहरू लहान नगरपालिकाविरुद्ध आन्दोलित भएका छन् ।

तलबका लागि पटकपटक लाहान नगरपालिकाका मेयर मुन्नी साह सुडी र प्रमुख प्रशासकीय अधिकृत खेम भुसाललाई हारगुहार गरे पनि केही सीप नलागेपछि शिक्षिकाहरू आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको परिचालिका रन्जूकुमारी महतोले बताइन् ।