कात्तिक ८, २०७८ सोमबार

सिन्धुली प्रहरीले १५, १६ र १७ वर्षीया तीन जना किशाेरीहरूलाई सामुहिक बलात्कार गरेको आरोपमा आठ जनालाई प्रक्राउ गरी सार्वजानिक गरेको हो ।

प्रक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ बोझेका २० वर्षीय दिपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन, २१ वर्षीय मिलन लामा र आकाश मगरलाई लुकीछिपी बसेको अवस्थामा महोत्तरीको बर्दिबासबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोबिन्द थपलियाले जानकारी दिए। यस्तै यसअघि घटनास्थलबाट विवेक मगर, शिव मगर र हेम लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केही प्रतिवादीलाई भगाउन सुरुदेखि मद्दत गरेको भन्दै कमलामाई नगरपालिका ५ का संजिब मगर, प्रेम श्रेष्ठ, सुमन थापा, कमलामाई नगरपालिका ४ का शिव देवकोटा, कमलामाई ६ का मेघबहादुर श्रेष्ठ र सर्लाही हरिवन ८ का ईश्वर आलेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिहेको एसपी थपलियाले जानकारी दिए। सिन्धुली कमलामाई नगरपालिका ५ बोझेका तीन बालबालिकाहरू दशैँको टीका लगाएर घर फर्कने क्रममा असोज ३० गते राति लब्दाह खोलास्थित पुलमुनी बगर तथा बासको झाडीमा ९ जना युवाहरूले ती किशोरीलाई सामुहिक बलात्कार गरेका थिए ।

यसैगरी प्रहरीले आरोपित भगाउन प्रयोग भएको बा १० च १८३६ नम्बरको स्कारपियो गाडी, प्र. २–०२–००३ प १२१० नम्बरको मोटसाइकल, २–०२–००४ प ५३७६ नम्बरको मोटसाइकल नियन्त्रणमा लिएको छ। बलात्कार आरोपी विश्व राई अझै फरार रहेका छन्। असोज ३० गते राति करिब २ बजेको समयमा कमलामाई नगरपालिका ५  जना युवतीहरुलाई जवरजस्ती करणी गरेका थिए।