कात्तिक ९, २०७८ मंगलबार

साङ्केतिक तस्बिर

इलामको देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले आफ्नी पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको टोकेर हत्या गरेको प्रहरीले जनाएको छ।  

आफू धामी भएको भन्दै चिन्ता बस्नेक्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

घटनाबारे आज (मंगलबार) बिहानमात्र थाहा भएको र कमललाई प्रहरीले नियन्त्रणमा लिएको एसपी श्रेष्ठले जानकारी दिए।