मंसिर ९, २०७८ बिहिबार

काठमाडौं । नेकपा (एमाले)को आसन्न १० औं राष्ट्रिय महाविधेशनका लागि खुला महिला केन्द्रीय सदस्यमा बसन्ती अधिकारीले उम्मेदवारी दर्ता गराउने भएकी छन् । 


कोहलपुर नगरकमिटी अध्यक्ष रहेकी अधिकारीले ३६ जना महिला खुला केन्द्रीय सदस्यमा बाँकेबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउने भएकी हुन् । पार्टी एकता हुँदा उनी कोहलपुर नगरकमिटी अध्यक्ष रहेकी थिइन । प्रभावशाली रुपमा पार्टीमा खटिने उनी लुम्बिनी प्रदेश सहित देशभरि नै राम्रो सम्बन्ध रहेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघकी नेतृत्व समेत रहेकी उनलाई देशभरिका प्रतिनिधिले मतदान गर्ने छन् ।