बैशाख २३, २०८१ आइतबार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ ।

कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

गोठाटार फिडरअन्तर्गत गोठाटारको फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा आइतबार विद्युत आपूर्ति रोकिने प्राधिकरणले जानकारी दिएको छ ।

सोमबार कालीमाटी र रिगमेन फिडर अन्तर्गत कुलेश्वर वितरण केन्द्रको सोल्टीमोडदेखि रवीभवनसम्म ३ घण्टा विद्युत प्रवाह हुने छैन ।

मंगलबार गोठाटार फिडर अन्तर्गत नै फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म लाइन काटिनेछ । बुधबार ताहाचल र चौमती फिडरमा पर्ने छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत कटौती हुनेछ ।

प्राधिकरणले बिहीबार गोठाटार फिडरअन्तर्गत नै तेजविनायक चोकदेखि मानटार चोकसम्म विद्युत प्रवाह रोक्नेछ । शुक्रबार मच्छेगाउँ फिडर अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म विद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको सूचना :