बैशाख २३, २०८१ आइतबार

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । लिगमा चार खेल बाँकी छँदै रियल म्याड्रिडले उपाधि जितेको हो ।

गएराती सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४–२ गोल अन्तरले पराजित गरेसँगै रियल मड्रिडका लागि लिगको उपाधि सुनिश्चित भएको हो ।

गएराती नै सम्पन्न खेलमा रियल मड्रिडले काडिजलाई ३–० गोलले पराजित गरेको थियो ।

ला लिगामा रियल मड्रिड को ३४ खेलबाट ८७ अंक भएको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलबाट ७४ अंक छ । अंकका आधारमा अबका चारवटै खेल हारे पनि रियल मड्रिडको उपाधि सुरक्षित भएको छ ।

योसँगै रियल मड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिड सबैभन्दा बढी ला लिगाको उपाधि जित्ने क्लब हो ।