बैशाख २३, २०८१ आइतबार

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६–० गोलले हराएको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक–एक गोल गरेका थिए ।

रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् ।

योजितसँगै अल नासर ३० खेलबाट ७४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित भएको अल वेहडा ३२ अंकसहित १२औँ स्थानमा छ ।

२९ खेल खेलेको अल हिलाल ८३ अंकसहित शीर्षस्थानमा छ । यस सिजनमा अल हिलाल अपराजित रहेको छ ।