बैशाख २३, २०८१ आइतबार

काठमाडौँ । गायक दीपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ । 

गीतमा आफूलाई मनपरेको युवतीको क्रियाकलापले आफूलाई उनी प्रति नभएको एक युवाले राखेको छ । गीतको भावमै भिडियोका कथा बुनिएको छ ।

भिडियोमा अभिनेत्री नम्रता सापकोटा र जीवन कुमार ज्ञवालीको जोडी देख्न सकिन्छ । भिडियोमा तिम्रो भएन भर भन्दै जीवन नम्रताको पछि लागेको देखाइएको छ ।

नवराज उप्रेतीको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नवराज रिजाल र देवराज सापकोटाको नृत्य संयोजन छ । भिडियोमा कोरियोग्राफी निर्देशन कविराज गहतराजले गरेका छन् ।