माघ ५, २०७८ बुधबार

लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ ।  धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको हो  ।

लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् ।

गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको बताइएको छ ।