चैत २, २०७७ सोमबार

नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा खण्डको प्रथम अधिबेशन सम्पन्न भएको छ । भारतको फरिदावादमा सम्पन्न अधिबेशनलाई सम्बोधन गर्न नेपालबाट पुर्व परराष्ट राज्य मन्त्री अर्जुन जंग ब। सिंह संघिय सांसद प्रकाश स्नेही , युवा नेता रत्नहरी ढुंगेल नारायण हमाल लगाएत पुगेका थिए साथै अधिबेशनलाई भारतिय एन आइ टि ८६ का विधायक निरज शर्माले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री सिंहले नेपाल सरकारले प्रवासिको पीडा बुझ्न नसकेको बताउनुभयो भने सांसद स्नेहिले गरिबी र अशिक्षाका कारण नै नेपालीले प्रवासी जीवन विताउन बाध्य हुनुपरेको र नेपालमा कम्युनिस्ट रहुन्जेल यो दर बढ्दै जाने भएकाले देशमा कम्युनिस्टको अन्त्य नहुन्जेल नेपालीले प्रवासी जीवनबाट मुक्ति नपाउने बताउनुभयो ।

भारतीय एन टि आइ बिधायक शर्माले नेपाल भारत सम्बन्ध संसारकै उदारणिय रहेको र भबिस्यमा यो भाइचारा अझ प्रगाढ बन्दै जानेमा विश्वास व्यक्त गर्नुभयो । युवा नेता ढुंगेलले भारतको हरेक जग्गामा नेपालीहरुको खुन पोखिएको छ पसिना बगेको छ भारतलाई अङ्ग्रेजको पन्जाबाट मुक्त दिलाउन बीपी कोइराला लगाएत नेतागण जेल पर्नुभयो थुप्रै नेपालीले योगदान दिएका छन् त्यसैले भारतले नेपाल र नेपालीलाई उँचो सम्मान गर्नुपर्ने बताए ।

कुनै समय विश्वमा गोर्खाली सेना हुनेहरुले सबथोक जित्ने विश्वास गर्थे , त्यो विजेता हो गोर्खाज ढुंगेलले थपे त्यसैले नेपाली दाजुभाइ दिदिबहिनी प्रवासमा पनि उँचो शिर गरेर कर्म गर्न सक्ने बताए साथै संसार भरिका प्रवासी नेपालीलाई छिटै देश फर्कने वातावरण बनाउन राजनीतिक नेतृत्व लाग्नुपर्ने बताए । युवा नेता हमालले भने ओलि नेतृत्वको वर्तमान कम्युनिस्ट सरकारले देशको छबि नै बिगार्दै छ ।

यसबाट प्रवासी नेपालीलाई हामिलाइ भन्दा धेरै पीडा छ । निकट भबिस्य मै नेपाली कांग्रेसको सरकार बन्दैछ हामी सुधार्छौं तपाइँहरुलाइ स्वदेश मै अवसर सिर्जना गराउँछौँ उनले भने । अधिबेशनले गोबिन्द खातिको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्विरोध चयन गरेको प्रवासबाट दयाराम रोकायले जानकारी दिए ।