शुक्रबार राति १२ बजे इन्सटाग्राम पोष्टमार्फत अभिनेत्री प्रियङ्का चोपडाले आफू सरोगेसीको मद्दतले आमा बनेको जानकारी दिएकी छिन् । प्रियंकाले पोस्टमा भनेकी छिन्, 'हामी खुसी छौँ कि हामीले सरोगेसीको मद्दतले आफ्नो जीवनमा एउटा बच्चालाई स्वागत गरेका छौँ । हामी हाम्रो परिवारका लागि तपाईंहरूलाई सम्मानपूर्वक आग्रह गर्छौँ कि यस खास समयमा हाम्रो गोप्यतालाई ध्यान दिनुहोला ।'
प्रियंका र अमेरिकी गायक तथा अभिनेता निक जोनस चर्चित जोडीमध्ये एक हुन् । दुई जनाले सन् २०१८ को डिसेम्बर २ मा विवाह गरेका थिए । हालै प्रियंकाले द जोनास ब्रदर्स फ्यालिमी रोस्ट शोका दौरान निकसँग बच्चाको योजना बनाइरहेको बारेमा खुलासा गरेकी थिइन् । निका दाजुभाइको उदाहरण दिँदै उनले भनेकी थिइन्, हामी एक्लो जोडी हौँ जसको अहिलेसम्म बच्चा छैन । म सबैलाई भन्न चाहन्छु कि म र निक बच्चाको योजना बनाइरहेका छौँ । त्यसपछि उनले आफू बच्चालाई हेरेर मात्र घरमा नबस्ने पनि बताएकी थिइन् । एजेन्सी