कोरोनाका कारण प्रदर्शन स्थगित भएको बहुप्रतीक्षित तेलुगु फिल्म 'आरआरआर'ले आफ्नो नयाँ प्रदर्शन मिति तोकेको छ। कोरोनाको संक्रमण दर कम हुँदै गए मार्च १८ देखि फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टोली लागेको हो।
मार्च महिनामा पनि कोरोनाको कहर जारी नै रहे अप्रिल अन्तिम शुक्रबारदेखि प्रदर्शनमा आउने पनि निर्माण टोलीले जनाएको छ। यसअघि जनवरी ७ देखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो।
एसएस राजामौलीको लेखन तथा निर्देशन रहेको फिल्म ४ सय करोड९भारु० बजेटमा बनेको हो। फिल्ममा जुनियर एनटिआर र रामचरण मुख्य भूमिकामा देखिँदै छन्। फिल्ममा आलिया भट्ट र अजय देवगनको पनि अभिनय रहेको छ।
यसअघि 'बाहुबली' बनाएका राजामौली भारतका सबैभन्दा सफल लेखक तथा निर्देशकमा गनिन्छन्।