समसामयिक विषयमा निर्माण हुन लागेको अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र हास्य कलाकार जीतु नेपालको मुख्य भूमिका रहने फिल्म ‘ह्यारीकी प्यारी’को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन सोमबारदेखि पर्वतको भुक देउरालीबाट सुरु भएको हो । छायाङ्कनअगाडि फिल्मको शुभ–मुर्हूत समेत गरिएको थियो ।
फिल्मको छायाङ्कन सुरु भएको कलाकार जीतु नेपालले सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरेका छन् । कपिल रिजालको निर्देशन रहेको फिल्म समसामयिक विषयमा निर्माण हुन लागेको हो । रिजाल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दै छन् ।
फिल्ममा जीतु र साम्राज्ञीको अलवा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाललगायतको मुख्य भूमिकामा अभिनय रहनेछ । फिल्ममा जीतु र साम्राज्ञी प्रेमीप्रेमीकाको भूमिकामा देखिने निर्माण युनिटले जनाएको छ ।