नेपालमा ‘सिङ्गरः सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ । शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको हो ।
फ्रेन्चाइज रियालिटी शोहरूको दबदबा रहेको समयमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको सञ्चालक श्याम धितालले जानकारी दिए । धितालले भने, ‘भाषाको दायरा तोडेर परिचित गायक गायिकालाई नेपालमा चलि आएका प्रमुख ६ भाषा सहितको गायन प्रतियोगिता हो ‘सिङ्गर’ ।’
विजेताले नगद २५ लाख सहित कार र गीती एल्बम निकाल्ने अवसरसम्म प्राप्त गर्ने धितालको भनाइ छ ।
आगामी वैशाखमा ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै शो प्रशारण सुरु हुने आयोजकले जनाएको छ ।