पछिल्लो समय गायिका समीक्षा अधिकारी र अभिनेता पल शाह मिडियाकर्मीसँग टाढा भागिरहेका छन् । सम्बन्धको बिषयका प्रश्न तेर्सिने डरले उनीहरूले मिडियाबाट दुरी बनाएका हुन् । यी दुईका सम्बन्धको विषयमा मिडियाको समाचारका विषय भएको पहिलो भने होइन । केही अगाडि पनि यस्तै समाचार मिडिया छाएका थिए । सो समाचारमा ब्रेक २४ अक्टोबर २०२१ मा गायिका अधिकारीले निकै लामो स्टाटस लेख्दै पल र आफूबीच अभिभावक र छोरा छोरीको जस्तै सम्बन्ध भएको बताएपछि लागेको थियो ।
तर, केही दिन अगाडि समीक्षाले अक्टोबर २४ को स्टाटसको स्क्रिन सट राख्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकता भन्दा बाहिर रहेको र अनुरोधमा लेखिएको बताएकी थिइन् । उनले भनेकी थिइन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदै छ, यथार्थ खुलाउँदै छु ।’
गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । तर पछिल्लो स्टाटस मार्फत भने उनले शो नै झुट भएको बुझाउन खोजेकी छन् । त्यसैले पनि अहिलेको समीक्षाको पछिल्लो स्टाटसले पल र उनी बीच निकै गहिरो र रहस्यमय सम्बन्ध रहेको अनुमान लगाउन थलिएको छ । सबैको प्रतिक्षाको विषय अबको उनको कदम र उनले छिट्टै बाहिर ल्याउने भनेको वास्तविकता बनेको छ ।
सामाजिक सञ्जालमा वास्तविकता खुलाउँछु भनेको एक साता बितिसक्दा पनि समीक्षाले भने अहिलेसम्म वास्तविकता बाहिर ल्याएकी छैनन् । त्यसैले पनि सामाजिक सञ्जालमा उनी प्रति प्रश्न गर्न थालिएको छ ‘समीक्षा जी पलसँगको वास्तविकता कहिले बाँहिर ल्याउने ?