माघ १३, २०७८ बिहिबार

निजी विद्यालय सञ्चालकहरूले विद्यालय खुलाउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरूका पदाधिकारीसँग सुझाव लिनका लागि बोलाएको छलफलका क्रममा उनीहरूले यस्तो माग गरेका हुन् । 

 

बुधबार र बिहीबार मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा सुझाव लिएको मन्त्रीको सचिवालयले जनाएको छ ।