माघ १४, २०७८ शुक्रबार

 दुई वर्षअघि विवाह बन्धनमा बाँधिएको रंगकर्मी विजय बराल र प्रमिला खनालको जोडी पहिलो पटक एउटै म्युजिक भिडियोमा देखिएको छ। 

गोपाल लोहारको शब्द, सविन सुवेदीको स्वर तथा दीपक शर्माको संगीत रहेको 'तिम्रो याद आयो' बोलको गीतको भिडियोमा विजय र प्रमिला सँगै देखिएका हुन्। 

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियोमा धन कमाउन परदेशिएका श्रीमान् र श्रीमान्‌को प्रतीक्षामा रहेकी श्रीमतीको कथा देखाइएको छ। आफ्नो जहानको प्रेमले गर्दा परदेशबाट फर्किएको पात्रको भावना व्यक्त गर्दै गीत गाइएको छ। 

श्याम तामाङले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्।