माघ १७, २०७८ सोमबार

प्रदेश नम्बर १ सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम रहेका सातवटा मन्त्रालयहरू फुटाएर १२ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय सङ्ख्या बढ्ने भएको हो।


मन्त्रिपरिषद् स्रोतका अनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालय सङ्ख्या थप गर्ने निर्णय गरेको छ।

पाँच दलीय गठबन्धन सरकारमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने निर्णय भएको हो।