महेश सिंह/ सिरहा - सिटिइभिटीअन्तर्गत अध्ययनरत विद्यार्थीहरूले सिरहाको लहानमा व्यङ्ग्यात्मक भैंसी जुलुस प्रदर्शन गरेका छन्। विद्यार्थीहरूको एक समूहले "परीक्षा लिने वातावरण सिर्जना गर, ३ वर्षको पाठ्यक्रमलाई ७ वर्ष लगाउन पाइँदैन, रोजगारीको वातावरण सिर्जना गर, परीक्षा लिएको २ महिनादेखि ३ महिनाभित्र नतिजा प्रकाशन गर" लगायतका माग राख्दै प्रदर्शन गरेका हुन्।
सिटिइभिटीका कर्मचारीहरू भैंसी हो भन्दै जुलुस निकालिएका हुन्। पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट निकालिएको जुलुस पूर्व-पश्चिम राजमार्गमा विद्यार्थीहरूले आधा घण्टा चक्का जाम गरेका थिए।
उनीहरूले माग पुरा नभए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।