काठमाडौं, माघ २१ । गत माघ ७ गतेदेखि स्थगित त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा फागुन १ गतेदेखि हुने भएका छन्।
कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुन लागेका हुन् । परीक्षा सुधार समितिले स्थगित परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले फागुन १ देखि २९ गतेभित्र सबै स्थगित परीक्षा सम्पन्न गर्ने निर्णय गरेको छ ।