माघ २२, २०७८ शनिबार

श्रुती संगीत विद्यालयको प्रस्तुतीमा नवप्रवेशी गायीका समिता गुरुङको स्वरमा पहिलो गीत ‘रुनी बनायौ' सार्वजनिक भएको छ। गीतकार संगीतकार नरहरी प्रेमीको अफिसियल युट्युब च्यानलमा गीत सार्वजनिक भएको हो। 

नवप्रवेशी गायीका समिता गुरुङको स्वर रहेको गीतमा नरहरी प्रेमीको शब्द र संगीत छ भने गीतको एरेन्ज लक्षुप्रकाश मल्लले गरेका छन् । यस्तै गीतको मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेको छ। 

रेकर्डिङ स्टुडियो भित्रै खिचिएको गीतको भिडियो कृष्ण बस्नेतले खिचेको हो भने राजकुमारले सम्पादन गरेको हो । आधुनिक शैलीको गीतमा आफ्नै कथा व्यथा समेटेर पहिलो पटक गाउँने प्रयास गरेकोले गीत कस्तो बनेको छ हेरेर सुनेर प्रतिक्रिया दिनुहुन गायीका गुरुङले सबैलाई आग्रह गरे।